कतिपय मान्छेहरू बाँचेर पनि मरेतुल्य छन् भने कतिपय मान्छेहरू मरेर पनि सधैं बा“चिरहेका हुन्छन् । कृष्ण सेन इच्छुक यस्तै एउटा महान् मान्छे हुनुहुन्थ्यो । प्रगतिवादी साहित्य, जनपक्षीय पत्रकारिता र राजनैतिक क्षमताको एकीकृत व्यक्तित्व हुनुहुन्थ्यो कृष्ण सेन इच्छुक । तत्कालीन फासीवादी सत्ताले पक्राउ पछि क्रूर यातना दिएर उहाँको हत्या गर्यो । आफ्नो आस्थाप्रति अडिग कृष्ण सेन दुस्मनका सामु आत्मर्समर्पण गरेर आस्थाको अपमान गर्न अस्विकार गरेबापत मारिनु पर्यो । एउटा गरिमामय मृत्यु वरण गर्नुभयो उहाँले ।आफ्नो विचारको रक्षाको लागि जीवनबलिदान गर्न अग्रसर हुने महान् व्यक्तित्व कृष्ण सेनको जन्म वि.स.२०१३ साल कार्तिक ३ गते भारतको देहरादुनमा भएको थियो । उहाँको आमाको नाम भीम कुमारी सेन थियो र पिताको नाम याम बहादुर सेन थियो। उहाँको पुख्र्यौली गाउँ प्युठान जिल्लाको साराङ्कोट भन्ने गाउँ हो । उहाको स्थायी घर भने अर्घाखाँची जिल्लाको जलुके गाविसको सातमारामा पर्छ, जुन स्थान दाङको प्रसिद्ध राप्ती नदीको पुलनेरको ठाउ“ भालुवाङदेखि राप्ती नदीको पूर्वतिरको छेउमा पर्छ । त्यसैले सो गाउँलाई प्रायः भालुवाङ भनेर चिनिन्छ ।
Read more...
While some people live a life of the dead, there are also some others who continue living even after death. Krishna Sen Ichchhuk was one of such great people who continue living even after death. His was an integrated personality that combined in it the progressive literature, pro-people journalism and political capability. The then fascist state power arrested and later assassinated him torturously. Krishna Sen, who was firm in his faith, got killed because he refused to insult his own faith by surrendering to the enemies. He chose to accept a glorious death in place of giving continuation to a worthless life of submitting to the enemies.
Read more...